कोशीमा प्रदेश कृषि प्रवर्द्धन अनुदान स्वीकृत गर्ने निर्णय
- नेचर खबर

विराटनगर - कोसी प्रदेश सरकारले कृषि तथा सहकारी मन्त्रालयमार्फत आएको प्रदेश कृषि प्रवर्द्धन अनुदान तेस्रो संशोधन नियमावली–२०८१ स्वीकृत गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश कृषि प्रवर्द्धन अनुदान स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले जानकारी दिए ।
बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गत प्रदेशको स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन छुट्टै ऐन निर्माण गर्न सैद्धान्तिक सहमति दिने र आयुर्वेद चिकित्सा सेवा अध्ययन, अनुसन्धान एवं सम्भाव्य अध्ययन गर्न बनाइएको कार्ययोजनालाई थप ३० दिन समय दिने निर्णय गरेको प्रवक्ता राईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस