आजको मौसम : केही स्थानमा वर्षा, हिमालमा हिमपात
- नेचर खबर

काठमाडौं - आज विभिन्न प्रदेशमा हल्का वर्षाको सम्भावना छ भने हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको पूर्वानुमान गरिएको हो । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात पर्न सक्ने अनुमान छ ।
तथापि, देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
प्रतिक्रिया दिनुहोस