मौसममा सामान्य गडबडी, शनिबार केही ठाउँमा हिमपात हुने

काठमाडौं - पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावले शुक्रबार (आज) देशको पूर्वी पहाडी भेगमा आंशिक बदलीको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य स्थानमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ ।

कोशी प्रदेशका पहाडी भू-भागमा दिउँसो आंशिक बदली हुने र राती कोशी सहित गण्डकी प्रदेशका पहाडी भू-भागमा समेत आंशिक बदली देखिने मौसमविज्ञहरुको अनुमान छ । एकाधस्थानमा छिटपुट वर्षाको सम्भावना रहेको समेत मौसमविज्ञहरुको भनाइ छ ।

पश्चिमी वायुको प्रभावका कारण मौसम बदली केही दिन कायमै रहने बताइएको छ । यस्तै, शनिबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना छ । शनिबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार राती कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने पूर्वानुमान छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics