कस्तो रहनेछ आजको मौसम ?
- नेचर खबर

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन ।
शुक्रबार दिउँसो कोशी र गण्डकी प्रदेश लगायत बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
प्रतिक्रिया दिनुहोस