सुदूरपश्चिम र कर्णालीका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- नेचर खबर
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज साँझबाट सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव हुने महाशाखाले जनाएको छ ।
यति वेला कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराई लगायत पहाडी भूभागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको साथै कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दूई स्थानमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यस्तै, बिहान तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य, कृषि, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस