आजको मौसम : तराईमा हुस्सु, हिमालमा हिमपात
- नेचर खबर

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु साथै पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशको मधेश, लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
बिहानको समयमा तराई तथा उपत्यका एक-दुई स्थानमा हुस्सु/कुहिरो लागेको छ । यस्तै आज देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस