जाजरकाेटमा भूकम्प
- नेचर खबर

काठमाडौं - जाजरकोट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ६ बजेर ३६ मिनेमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु जिल्लाको नायकवाडा हो । २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा परी एक सय ५० भन्दा बढीको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस