कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा बदली भई एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यी दुई प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, कर्णाली र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना छ भने राति यी प्रदेशका तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशमा आज मौसम आंशिक बदली हुने सम्भावना छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics