मुगुमा हिमपात, अन्नबाली सप्रिने

सांकेतिक तस्बिर ।

मुगु । मुगु जिल्लाको पर्यटकीय स्थल रारा ताल आसपास हिमपात भएको छ । शुक्रबार देखि मौसममा बदली भएर गएरातिबाट रारामा हिमपात भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । हिमपात भएपछि रारा सेताम्य देखिएको छ ।

रारा सँगै आसपासका बस्तीहरुमा पनि हिमपात भएको छ । मुर्मा, कोटील्ला, सोबा लगायत बस्तीमा पनि हिमपात भएको छ । मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो क्षेत्र मुगु, डोल्फू, चितै, कार्ति किम्रीमा पनि हिमपात भएको छ । रारा मुर्मा गाउँमा यो वर्ष दुई पटक हिमपात भएको स्थानीय बिर्ख रोकायाले बताउनु भयो । विगतका वर्षहरु भन्दा हिउँ कम पर्न थालेको उनको भनाई छ ।

सोरु गाउँपालिकाको सोरुकोट क्षेत्रमा पनि वर्षा सँगै हल्का हिमपात भएको छ । वर्षा र हिमपात नहुँदा चिन्तित देखिएका किसान हिमपात हुन थालेपछि खुसी देखिएका छन् । हिमपातले अन्नबाली, फलफुल जडिबुटीको सुबिकाल हुने किसानको आशा छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics