ताप्लेजुङको पापुङ क्षेत्रमा हिमपात, गोला र घुन्सा सुख्खा
- नेचर खबर

ताप्लेजुङ । पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङमा हिमपात भएको छ ।
मंगलबार साँझदेखिको हिमपातका कारण जिल्लाको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा पूरै हिउँ जमेको छ ।
सदरमुकाम फुङलिङबाट देखिने आसपासका डाँडामा पनि पहिलो पटक हिउँ देखिएको छ ।
मिक्वाखोला गाउँपालिकाको पापुङ लगायतका क्षेत्रमा पनि हिउँ परेको छ ।
तर ओलाङचुङगोला, घुन्सा, फले लगायतका हिमाली बस्तीहरूमा भने हिउँ पर्न नसकेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस