भूकम्पबाट क्षति विद्यालय प्रदेश सरकारले पुनः निर्माण गर्ने
- नेचर खबर

सुर्खेत । कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य संस्था पुन निर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोट र रुकुम पश्चिमका ती सरकारी संरचना पुन निर्माण गर्न हो । मन्त्रालयका अनुसार रुकुम पश्चिमको २७ विद्यालय र पाँच स्वास्थ्य संस्था पुन निर्माण गर्न लागिएको हो ।
विद्यालय भवनका लागि रु. १९ करोड ६० लाख र पाँच स्वास्थ्य संस्था पुन निर्माणका लागि रु. दुई करोड ४० लाख स्वीकृत भएर आएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस