वनका ५ सह–सचिवको जिम्मेवारी हेरफेर

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले बिहीबार ५ सहसचिवको जिम्मेवारी हरेफेर गरेका छन् ।

वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमूखमा महेश्वर ढकालले जिम्मेवारी पाएका छन् ।

त्यस्तै वन विभागको महानिर्देशकमा बद्रीनाथ ढुंगाना तथा विभागका महानिर्देशक शिव वाग्लेले योजना महाशाखा प्रमूखको जिम्मेवारी पाएका छन् ।

त्यस्तै अर्का सहसचिव दीपक ज्ञवालीलाई वन विभागबाट मन्त्रालयको वन तथा जलाधार महाशाखा प्रमूखको जिम्मेवारी दिइएको छ । अर्का सहसचिव बुद्धि पौडेललाइ वन तथा जलाधार महाशाखाबाट सहभागितामूलक वन व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics