आजको मौसम : पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव
- नेचर खबर

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यति बेला देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ । आज दिउँसो कोशी प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने तराईमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान छ । अन्य प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस