नेपालमा अमेरिकी सहयोगका सबै परियोजना स्थगन

काठमाडौं -  अमेरिकी सहयोग नियोग (यूएसएआईडी) ले नेपालमा सञ्चालित सबै परियोजना स्थगन गर्न पत्र पठाएको छ । गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले यूएसएआईडीले पठाएको विदेशी सहायता स्थगन सम्बन्धी पत्र  प्राप्त गरेको जानकारी दिएका छन् ।

यसले नेपालमा अमेरिकी अनुदानका परियोजना सञ्चालन गरिरहेका झन्डै ४ सय संस्था प्रभावित हुने महासचिव सुवेदीले जानकारी दिनुभयो । यसबाट स्वास्थ्य, शिक्षा, जलवायु परिवर्तनका कार्यक्रम प्रभावित हुनेछन् ।

राष्ट्रपतिमा ट्रम्पले पद सम्हाले लगत्तै अमेरिकाले तत्कालका लागि वैदेशिक अनुदान रोक्ने निर्णय गरेपछि विश्वभर तरंग उत्पन्न भएको छ । अब ३ महिनाको समीक्षापछि अनुदान स्थगन गर्ने वा निरन्तरता दिने भन्ने विषय अमेरिकी सरकारले टुंगो लगाउने छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics