शोभा सुवेदीको नेतृत्वमा प्रगतिशील वन प्राविधिक सङ्घ, नेपालको नयाँ कार्यसमिति

काठमाडौं- प्रगतिशील वन प्राविधिक सङ्घ, नेपालको तेस्रो महाधिवेशनले शोभा सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
बिहिबार खुमल्टरमा राष्ट्रिय प्रकृति संरक्षण कोषको सभा हलमा सम्पन्न राष्ट्रिय महाधिवेशनले वरिष्ठ उपाध्यक्ष अजय विक्रम मानन्धर, उपाध्यक्ष अणनाथ बराल महिला उपाध्यक्ष र मञ्जु घिमिरे, महासचिव अनिल रेग्मी, उपमहासचिव रुपेश कालाखेती र महिला उपमहासचिव डा. मिना अधिकारी,लाई चयन गरेको छ । त्यसैगरी महाधिवेशनले २७ सदस्य सहित ५९ सदस्यीय केन्द्रीय कमिटी सर्बसम्मत निर्वाचित गरेको छ ।
अधिवेशनको उद्घाटन गर्नुहुँदै नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले प्रगतिशील वन प्राविधिक संघ, नेपालले नेपालको वन क्षेत्रको दिगो व्यवस्थापन गरि समृद्द नेपाल सुखी नेपालीको सपनामा योगदान पुराउन आफ्नो भूमिका निभाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटिका ईञ्चार्ज सुजिता शाक्य नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पेशागत महासंघ ईञ्चार्ज रामेश्वर फुयाल,, ने.क.पा. एमालेका के.स. तथा वन तथा वातावरण विभागका प्रमुख एवम् बागमती प्रदेश सभा सदस्य भारती पाठक, बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका मन्त्री कृष्ण प्रसाद सिलवाल, वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपक कुमार खराल ज्यु हरुले शुभकामना कामना मन्तव्य ब्यक्त गरेका थिए ।
महाधिवेशनको बन्द सत्रको अध्यक्षता पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालले गरेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics