कस्तो छ आजको मौसम ?
- नेचर खबर

काठमाडौं । देशमा आज (आइतबार) पनि पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ । कोशी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको तराईका भू–भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ।
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का हिमपातको सम्भावना छ। हुस्सु र कुहिरोले तराईको जनजीवनमा समान्य प्रभाव पार्नसक्ने पूर्वानुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस