कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

कोशी प्रदेशको पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षाको संभावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ ।

आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको महाशाखाको अनुरोध छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics