‘जल जंगल’ सहित युएसएआइडीका कार्यक्रम रद्द

काठमाडौं- नेपालमा युएसएआइडी अन्तर्गत सञ्चालन भइरहेको जलजंगल सहितका कार्यक्रम रद्द भएका छन् । जल जंगल, ऊर्जा नेपाल, युएसएआइडी प्रारम्भिक कक्षा सिकाइ लगायतका कार्यक्रम रद्द गरिएको पत्र सोमबार पठाइएको थियो ।

जल जंगल स्रोतका अनुसार, कार्यक्रम रद्द भएको पत्र प्राप्त भएको छ । अब कार्यक्रम अघि बढ्दैन । जल जंगल कार्यक्रम अन्तर्गत तीन करोड २९ लाख डलर -करिब चार अर्ब ६० करोड रूपैयाँ- बराबरको कार्यक्रम सञ्चालन गरिएको थियो। जल जंगल वन, वातावरण तथा जैविक विविधताको क्षेत्रमा सञ्चालित पछिल्लो सबैभन्दा ठूलो परियोजना हो ।

इजिएल अन्तर्गत तीन करोड ९९ लाख डलर - करिब पाँच अर्ब ८६ करोड रूपैयाँ- बराबरको कार्यक्रम सञ्चालनमा थियो।

सरकार र युएसएआइडीबीच विकास लक्ष्य सम्बन्धी भएको औपचारिक सम्झौता अनुसार कुल ६६ करोड अमेरिकी डलर ९करिब ९१ अर्ब रूपैयाँ० बराबरका कार्यक्रम सञ्चालनमा छन्। यसमध्ये ४० करोड डलर ९५५ अर्ब रूपैयाँभन्दा बढी० बराबरको कार्यक्रम स्वीकृत भएको छ। युएसएआइडीले नेपालमा मुख्य ३३ वटा कार्यक्रम सञ्चालन गरेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics