महोत्तरीमा आम्दानीको आकर्षक माध्यम बन्दै सुर्ती खेती

जलेश्वर । कम मेहनत र लगानीमा मनग्य आम्दानी हुने भएकाले महोत्तरी गाउँपालिका-६ का किसानहरू नगदे बाली सुर्ती खेती गरेर जीवनस्तर उकास्न सफल भएका छन् ।

बर्सेनि बीउ बिजन, मल र पानीको समस्याले धान उत्पादन घटेपछि स्थानीय किसान परम्परागत धान खेती छाडेर व्यावसायिक रूपमा सुर्ती खेती गर्न थालेका छन् ।

सुर्ती खेतीमा रमाउनुभएका किसान राम जीवन साह मेहनत र लगानीअनुसारको धान उत्पादन नहुँदा महोत्तरी गाउँपालिका-६ धेरैजसो किसानले सुर्ती खेती गरेका बताउँछन् ।

गाउँका ४० प्रतिशत खेतबारीमा सुर्ती खेती हुने गरेको उनले बताए । उनका अनुसार उक्त वडाको ५० बिघा बढी जग्गामा सुर्ती खेती भएको छ । उक्त वडाका ५० बढी परिवार सुर्ती खेतीमा व्यस्त छन् ।

एकै वर्षको आम्दानीले तीन वर्षसम्मको लागि धान किन्न सकिने भन्दै स्थानीय किसान रामएकवाल साहले यहाँका किसान व्यावसायिक रूपमा सुर्ती खेती गर्न थालेको बताए । उनका अनुसार स्थानीय बजारमा सुर्तीको गुणस्तर हेरेर एक किलोग्रामको रु. एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरेको छ ।

यहाँको सुर्ती बिडी र चुरोट बनाउन भारतका व्यापारीले किन्ने गरेका छन् । एक कट्ठा जग्गामा दुई क्विन्टलसम्म सुर्ती उत्पादन हुने र वार्षिक न्यूनतम रु. दुई लाख आम्दानी गर्न सकिने भन्दै अर्का किसान मोहन मण्डलले बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics