अस्ट्रेलियाको सुदूर नदी किनारमा १५० भन्दा बढी ह्वेल अलपत्र

सिड्नी । अस्ट्रेलियाको सुदूर नदी किनारमा १५० भन्दा बढी ह्वेल अलपत्र परेका छन् । ६० भन्दा धेरै फल्स किलर ह्वेलको मृत्यु भइसकेको छ । अधिकारीहरू अरू दर्जनौँ ह्वेललाई बचाउने कोसिसमा छन् ।

तास्मानियाको प्राकृतिक संसाधन तथा वातावरण विभागले बताएअनुसार आर्थर नदीको किनारमा १५७ वटा ह्वेल छन् । यीमध्ये ९० करिब ९० वटा ह्वेल जीवितै भएको बताइएको छ । यी ह्वेललाई समुद्रमा पठाउन सकिन्छ कि सकिँदैन भनेर संरक्षणविद् र पशु डाक्टरहरूले खोजबिन गरिरहेका छन् । तास्मानियामा हालैका वर्षमा ह्वेलहरू अलपत्र पर्ने घटना बढेका छन् ।

२०२० मा पनि यस्तै घटना भएको थिए । तर ५० वर्षयता यहाँ फल्स किलर ह्वेल भने अलपत्र परेको देखिएको थिएन । फल्स किलर ह्वेल सबैभन्दा ठुला प्रजातिका डल्फिनमध्ये एक हुन् । यिनीहरू ६ मिटरभन्दा लामो हुन्छन् । ह्वेलहरू त्यहाँ २४ देखि ४८ घण्टादेखि अलपत्र रहेको बताइएको छ ।

ह्वेल किन अलपत्र पर्छन् भन्नेमा कयौँ सिद्धान्त पाइन्छ । कहिलेकाहीँ माछाको सिकार गर्ने क्रममा उनीहरू भड्किएर तटमा आइपुग्ने केही विज्ञ भन्छन् । अरूले भने कुनै मान्छेले झुक्किएर ह्वेलको सारा समूहलाई तटमा ल्याएको हुनसक्ने ठान्छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics