चुरे उत्थानशील आयोजनाको अनियमितता छानबिन गर्न माग

काठमाडौं । चुरे तथा वनजंगल संरक्षण अभियानले चुरे उत्थानशील आयोजना प्रदेश व्यवस्थापन इकाइको आर्थिक अनियमितताबारे छानबिन गर्न माग गरेको छ ।

इकाइको मधेश प्रदेशका तत्कालीन प्रमुख चुडामणि खतिवडासहितलाई छानबिनको दायरामा ल्याउनुपर्ने भन्दै अभियानले आज ज्ञापन पत्रसमेत बुझाएको छ ।

पत्रमा सार्वजनिक खरिद ऐनविपरीत ६० लाख रुपैयाँको विभिन्न प्रजातिको विरुवा खरिद गरेको, जनतामा विरुवा वितरण तथा वृक्षरोपण गर्न विभिन्न प्रजातिको विरुवा उत्पादन गरे पनि सोही प्रजातिमध्ये धेरैजसो प्रजातिको विरुवा खरिद गरी रकम दुरुपयोगबारे छानबिन र करोडौं रुपैयाँको लाखौं विरुवाहरू उत्पादन तथा खरिद गरेको कागजमा देखिए पनि यथार्थमा नभएको भन्दै छानबिन गर्न माग गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics