अफगानिस्तानमा ६ म्याग्नेच्युडको भूकम्प, २० जनाको मृत्यु

काठमाडाैं । अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ भने १ सय १५ भन्दा बढी घाइते भएका छन्।

नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भू-भागलाई केन्द्रबिन्दु बनाएर आइतवार राति ११:४७ बजे ६ म्याग्नेच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का केन्द्रबिन्दुबाट २ सय किलोमिटर टाढाको काबुल र झन्डै ४०० किलोमिटर टाढा रहेको पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस भएको थियो।

६ म्याग्नेच्यूडको कम्पनपछि ४.५ देखि ५.२ तीव्रताका कम्तीमा तीन पराकम्प पनि आएका थिए।

समाचार एजेन्सी एएफपीका अनुसार मृतकको संख्या बढ्न सक्नेछ। भूकम्प प्रभावित क्षेत्र दुर्गम र पहाडी इलाकामा रहेकाले मृतकको संख्या बढ्न सक्ने भनिएको छ।

त्यहाँका अधिकांश घरहरू भूकम्प प्रतिरोधी संरचना नभएकाले क्षति बढेको बताइएको छ।

तालिबान सरकारका अधिकारीहरूले राहत तथा उद्धार संस्थाहरूसँग सहयोगको अपिल गरेका छन्।

तालिबान अधिकारीहरूले आफूहरूसँग सीमित स्रोत भएको जनाउँदै अन्तर्राष्ट्रिय संस्थाहरूसँग हेलिकप्टरसहित सहयोग उपलब्ध गराउन आग्रह गरेका छन्।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics