पहिरोले ताप्लेजुङको होक्मा गाउँका ६ घर उच्च जोखिममा
- नेचर खबर

ताप्लेजुङ । ताप्लेजुङको सिरीजंगा गाउँपालिकास्थित पेदाङको होक्मा गाउँका छ घर परिवार पहिरोका कारण विस्थापित भएका छन् ।
गए रातिको वर्षासँगै पहिरो झरेका कारण बस्तीमा उच्च जोखिम भएपछि उनीहरू विस्थापित भएका हुन् ।
स्थानीय खेलप्रसाद बुढाक्षेत्री परागका अनुसार पहिरोले हाङमाया थुङ्गिम (लिम्बू) को घर उच्च जोखिममा परेको छ भने पहिरो झरिरहेकाले त्यस क्षेत्रमा बसोबास गर्ने जगत भण्डारी, भीमबहादुर भण्डारी, अम्बरध्वज लिम्बू, शिवलाल भण्डारी र टंक भण्डारीको घरसमेत जोखिममा रहेका छ ।
चिचिहाङ बस्तीको तलबाट पहिरो झरेको बताइएको छ । पहिरो झरेपछि हाङमायाको परिवार राति नै छिमेकीकोमा गई बसेको बताइएको छ ।
अन्य घर परिवारसमेत सुरक्षित ठाउँमा छन् । अहिले वर्षा नभए पनि समयसमयमा पहिरो झरिरहेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस