देशभरको मौसम बदली, केही भूभागमा भारी वर्षाको सम्भावना
- नेचर खबर

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै नेपालको पूर्वी भूभागमा सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव परेको छ ।
महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ ।
देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति कोशी र मधेस प्रदेशलगायत पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थान र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज सूर्योदय बिहान ५ बजेर ४५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १८ मिनेटमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस