कस्तो रहला आजको मौसम ?

काठमाडाैं । देशभर मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले मनसुनी गतिविधि सक्रिय देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, यसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशमा सामान्यतया बदली भई अधिकांश स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा पनि हल्का वर्षाको अनुभव गरिएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ। बाँकी तराईका भूभागमा आंशिक बदलीको सम्भावना छ। विशेषगरी, कोशी र बागमती प्रदेशका केही स्थानमा, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा तथा देशका बाँकी भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले वर्षाका कारण हुन सक्ने बाढी, पहिरो र डुबान जस्ता जोखिमबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रा गर्दा वा नदी तथा खोला किनारमा जाँदा विशेष सावधानी अपनाउन पनि सुझाव दिइएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics