मनाङमा हिमपातबाट प्रभावित विदेशी पर्यटक र नेपाली नागरिकको उद्धार
- नेचर खबर
मनाङ । मनाङ जिल्लाको तिलिचो, खाङ्गसार, पिसाङ, अप्पर मनाङ र हुम्दे क्षेत्रमा कात्तिक १० गतेदेखि लगातार परेको भारी हिमपातका कारण विभिन्न स्थानमा फसेका नेपाली नागरिक तथा विदेशी पर्यटकहरूको सफल उद्धार गरिएको छ।
मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहकार्यमा करिब १,५०० जना नेपाली नागरिक र २०० भन्दा बढी विदेशी पर्यटकहरूलाई सुरक्षित स्थानमा पुर्याएको छ।
तीव्र हिमपातका कारण पदमार्गहरू अवरुद्ध भएका र तापक्रम अत्यधिक घटेकाले पर्यटक र स्थानीयवासीहरू विभिन्न ठाउँमा फसेका थिए। उद्धार टोलीहरूले कठिन मौसमका बीच हेलिकप्टर तथा स्थलमार्ग दुबै प्रयोग गरी उद्धार कार्य सञ्चालन गरेको जनाइएको छ।
स्थानीय प्रशासनका अनुसार उद्धार गरिएका सबै व्यक्तिहरूलाई सुरक्षित स्थानमा राखिएको छ र आवश्यक स्वास्थ्य जाँच तथा आवासको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस