वडा वडामा इन्टरनेट

अबको दुईवर्ष भित्र वडा वडामा इन्टरनेट पुग्ने सरकारले घोषण गरेको छ । सरकारले वडा वडा सम्म इन्टरनेट सुविधा पुर्‍याउने महत्वकाक्षी योजना बजेट मार्फत सार्वजनिक गरेको हो ।

राष्ट्रिय राजमार्ग र जिल्ला सदरमुकाम जोड्ने सडकहरुमा अप्टिकल फाइबर बिछ्याई आगामी २ वर्ष भित्र सबै स्थानीय निकायकका वडा सम्म इन्टरनेट सेवा विस्तार गर्ने आगमि अर्थिक वर्ष २०७४/७५ बजेट वक्तव्य उलेख्ख गरिएकोे छ ।

सोमबार संसदमा बजेट पेस गर्ने क्रममा अर्थमन्त्री कृष्ण बहादुर महराले वडा तह सम्म इन्टरनेट सुविधा पुर्‍याउने जानकारी दिएका हुन ।
त्यसै गरी विज्ञान तथा प्रविधिको क्षेत्रमा बिशिष्ठीकृत अध्ययन अनुसन्धानका लागि त्रिभुवन विश्वविद्यालयमा एउटा विज्ञान सहरको स्थापना गर्ने , युवाहरूलाई विज्ञान को क्षेत्रमा प्रेरित गर्ने र विदेशमा रहेका युवा लाई स्वदेश फर्केर विज्ञान को क्षेत्रमा योगदान पुर्‍याउन वातावरण सिर्जना गर्ने समेत सरकारी योजना छ ।

कृष्णप्रसाद भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics