पत्रकार उपाध्यायलाई राष्ट्रिय वातावरण पत्रकारिता पुरस्कार

यस वर्षको उत्कृष्ट राष्ट्रिय वातावरण पत्रकारिता पुरस्कार लक्ष्मीप्रसाद उपाध्यायलाई प्रदान गरिएको छ । विश्व वातावरण दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सो पुरस्कार प्रदान गरेकी हुन । पुरस्कारको राशी ५० हजार रुपियाँ रहेको छ । प्रकृतिसँग हाम्रो सम्बन्ध  रहिरहोस अनन्त भन्ने नाराका साथ देशभरी बिभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइदैछ ।
वातावरण संरक्षण, जलवायु परिवर्तन, विश्वव्यापी रुपमा बढ्दै गएको तापक्रम, वन, वनस्पति, वन्यजन्तु तथा ऊर्जा क्षेत्रमा अध्ययन अनुसन्धान तथा लेखन गरे वापत सो पुरस्कार प्रदान गरिएको जनसंख्या तथा वातावरण मन्त्रालयले जनाएको छ ।
सञ्चारकर्मी उपाध्यायले विगत डेढ दशकदेखि वन, वातावरण तथा ऊर्जा क्षेत्रमा अध्ययन अनुसन्धान तथा लेखन कार्य गर्दै आएका छन् । उपाध्यायले पत्रकारिता प्राध्यापन पेशामा समेत संलग्न छन् । पुरस्कृत पत्रकार उपाध्यायले विशेष गरी जलवायु परिवर्तनले नेपालका हिमाल, जैविक विविधता, वन्यजन्तु तथा वनस्पति, खेती प्रणाली तथा मानव समुदायमा पारेको असरका सम्बन्धमा  बिभिन्न अध्ययन अनुसन्धानमा सहभागिता जनाउँदै आएका छन् । ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics