जलावायु व्यवस्थापन पुरस्कार अभिषेकलाई

यस वर्षको जलवायु परिवर्तन व्यवस्थापन पुरस्कार अभिषेक श्रेष्ठलाई प्रदान गरिएको छ । विश्व वातावरणको दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा  वातावरण मन्त्रालयले सो पुरस्कार प्रदान गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले  श्रेष्ठलाई पुरस्कार प्रदान गरेकी हुन् ।  पुरस्कारको राशि २५ हजार रुपियाँ रहेको छ ।

जलवायु परिवर्तन व्यवस्थापनमा उल्लेखनीय योगदानलाई कदर गदैं उनलाई   सो पुरस्कार प्रदान गरिएको हो । श्रेष्ठ  हाल किर्डाकमा  जलवायु परिवर्तन र जोखिम न्युनिकरण कार्यक्रम नेतृत्व गर्छन् । विगत दस वर्षदेखि  राष्ट्रिय र अन्तर्राष्ट्रीय  क्षेत्रमा  जलवायु परिवर्तन सम्बन्धी काम गर्दै आएका छन् ।

बेलायती सरकारको छात्रवितृमा क्लाइमेट चेन्ज र पोलिसिमा स्नातकोत्तर अध्ययन गरेका  छन् ।  । उनी  संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलनमा २००९ कोपनहेगन देखि नेपाली टोलीमा हरेक वर्ष  सहभागी हुँदै आएका छन् ।

अभिषेक जलवायु परिवर्तनकाको बहस ,पैरवी ,नीति र सामुदायिक परिचालनमा दक्षता कायम  राख्छन् । ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics