चितुवाले तर्साएको बस्ती बैतडीको तल्लो स्वराड

फाइल फाेटाे


सुदुर पश्चिमको बैतडीमा रहेको तल्लो स्वराड चितुवाको कारण त्रसित बनेको छ । चितुवाले मानिसहरूलाई आक्रमण गर्न थालेपछि यो क्षेत्रका मानिसहरू त्रसित भएका हुन ।

यो क्षेत्रमा बन्यजन्तु र मानव बिचको द्वन्द बढ्दै गइरहेको छ । यो क्षेत्रमा चितुवाले मानिसहरूलाई आक्रमण थालेपछि स्थानीय निकै त्रसित छन् । पिडितहरु भन्छन्, 'चितुवाले प्राय राती सााझमा र झिसमिसेमा त आक्रमण गर्थ्याे तर अहिले को चितुवाले भने नपत्याउदो तबर ले मानिसहरूलाई खाईरहेकोछ, बेलाबेलामा आक्रमण शैली, समय र स्थान बिचको यसको श्रङ्खला हरू लाई हेर्ने हो भने यस्तै देखिन्छ ।

वि सं २०६८ साल देखि जिल्ला बन कार्यालय बैतडिले तयार पारेको तथ्याङ्कमा चितुवाले करिब ५ वर्षको अवधिमा २१ जनाको ज्यान लिएको छ । वि सं २०६८ साल असार ९ गते बिशालपुर गाविसमा वीर बाहदुर चन्दकि ६ बर्षिया छोरी लाई आक्रमणबाट मारेको जिल्ला बन कार्यालय बैतडि ले जनाएको छ । यस्तै वि सं २०६८ मा पञ्चेश्वर गाविसकि ७ वर्षीया सुनिता साउद,  २७ वर्षीया कित्थी देबी साउद को चितुवाकै आक्रमणबाट मृत्यु भएको छ, चितुवाकै आक्रमणबाट याे अवधिमा मात्रै ६ जना को मृत्यु भएको छ ।

विसं २०६९ अहिले सम्मकै सबैभन्दा बढी चितुवा आक्रमण बाट त्यसक्षेत्रका मानिस हरूले ज्यान गुमाएको तथ्याङ्क छ । २०६९ मा मात्रै १० को मृत्यु भएको थियो । ६९ देखि निकै लामो समय को अन्तरालमा २०७२ वैशाख मा उदयदेब गाविसमा चितुवाले गरेको आक्रमणमा एक बालीकाको ज्यान गएकाे थियाे । २०७३ सालको भदौ महिनामा मात्रै अन्तिम पटक बैतडिको उदयदेब मकैलकि ७ बर्षिया चन्चला चन्द सहित अर्कि एक बालीकाले ज्यान गुमाएका थिए । चितुवाकाे अाक्रमणबाट २०६८ यता मर्नेको सङ्ख्या २१ र घाइते सङ्ख्या ९ पुगेको छ ।

गत हप्ता मात्रै बैतडिको शिबनाथ गाविस कि ४० बर्षिया गौरी धामी लाई चितुवा ले घिसार्दै गर्दा बच्न सफल भएकी छिन् । मेलौली हेल्थपोस्टमा उपचार पछि उनि अहिले घर फर्केकी छिन् । चितुवाकाे अाक्रमणबाट प्राय महिला र बाबालीकाहरूले ज्यान गुमाएका छन् । आक्रमणको प्रभाव बालबालिकामा अझ बढी मात्रामा देखिन थालेको छ, जसका कारण कतिपय अवस्थामा बालबालिका हरू बिद्यालयजानबाट समेत बञ्चीत भइरहेका छन् ।

स्वराडबासिहरुले चितुवा पत्ता लगाउन र नियन्त्रणमा लिन पनि निकै प्रयास गरेका छन् । आफ्नोगोठमा रहेका चौपायाहरु रातको समयमा जंगलमा बाधेर उनीहरूलाई खान चितुवा आए नियन्त्रणमा लिन बनाएको यो योजनामा पनि चितुवालाई नियन्त्रणमा लिन सकेनन्, स्थानीयबासि, प्रहरी र सेना को सहयोग र समर्थनमा पुनः चितुवा समात्ने योजना बन्यो तर त्यो पनि विफल बन्यो । अन्ततः सेना प्रहरीको घेरा तोडेर चितुवा ले आक्रमण गरेको स्थानीय बताउँछन् । कतिपय चितुवाले घिसार्दै लगेका मानिसहरूको कुनै अबशेष समेत मिलेको छैन भने कतिपय ४०० मिटर देखि पर सम्ममा मानव कंगाल हरू मात्र भेटिएका छन्, चितुवा आक्रमणका प्रयासहरूलाई बिफलपार्न जिल्लाबन कार्यालय बैतडि ले विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ ।

पन्चेश्वर, कुलाउ, मेलौली, उदयदेब, बिशालपुर, सलेना आदि गाविसहरू बैतडिको तल्लो स्वराडक्षेत्र हुन ।

दिपेन्द्र अबस्थी

प्रतिक्रिया दिनुहोस

web
analytics