बनस्पति उद्यानमा बढ्यो बनस्पति



ललीतपुरको गोदावरीमा रहेको राष्ट्रिय वनस्पति उद्यानमा वनस्पति बढेको छ । पछिल्लो समय भएको अध्ययनले उद्यानमा बनस्पति बढेको तथ्यांक निकालेको हो । पछिल्लो तथ्यांक आुसार हाल उद्यानमा ८ सय ६० प्रजातिका बनस्पति रहेको छ । यो तथ्यांक अनुसार अघिल्लो भन्दा ३ सयको संख्यामा बनस्पति बढेको हो । यसअघि सन् २००३ मा भएको अध्ययन अनुसार उद्यानमा ५ सय ५० प्रजातिका बनस्पति पाइएको थियो ।

उद्यानका अधिकृत सिर्जना शाहका अनुसार उद्यानमा नयाँ विरुवा बढ्नुको कारण अन्यत्रबाट ल्याएर थप भएको भन्दा पनि यहीँका पहिले पहिचान नखुलेका विरुवाको अहिले पहिचान खुल्नु हो । उनले भनिन् ‘उस्तै बोट देखिएपनि फरक फरक फुल फुलेपछि फरक प्रजातिको रहेछ भनेर थाहा हुन्छ ।’

उद्यानमा विभिन्न प्रजातिका फुलको अवलोकन गर्न दैनिक आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । यसका साथै फुलका बारेमा हुने विभिन्न अनुसन्धानका लागी पनि विज्ञहरु राष्ट्रिय वनस्पति उद्यानमा जाने गर्दछन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics