यो वर्षमात्रै १८ गैंडा मरे

फाइल फोटो / तिलक राम रिमाल


चितवन राष्ट्रिय निकुञ्जमा यो हप्तामात्रै दुईवटा गैंडा मरेका छन् । मरेको मध्ये एउटा गैंडा गोहीले खाइसकेको अवस्थामा राप्ति नदीमा फेला परेको थियो । अर्काे गैंडा मध्यवर्ती क्षेत्रको कुमरोज सामुदायिक वनमा फेला परेको थियो । गैंडा मर्नुको वास्तविक कारण अझै पत्ता लागेको छैन ।

निकुञ्जका सूचना अधिकृत नुरेन्द्र अर्यालको भने ‘एउटा गैंडालाई खोलाले बगाएको र अर्काे प्रकृतिक कारणले मरेको हो ।’ मृत फेला परेका गैंडा मध्ये एउटा बच्चा र अर्को ३० वर्षको पोथी रहेका छन् । निकुञ्जका अधिकारीले मरेको पोथी गैंडाको खाग निकालेर सुरक्षित अवस्थामा राखेको जानकारी दिए । दुवै गैंडालाई मध्यवर्ती क्षेत्रमा खाल्टो खनेर गाडिएको छ ।

यो आर्थिक वर्षमा १६ वटा गैंडा विभिन्न प्राकृतिक कारणले मरेका छन् भने २ वटा गैंडा सिकारीले मारेका छन् । विभिन्न रोगब्याधी, बुढो र कमजोर तथा आपसमा जुधेर निकुञ्जका विभिन्न स्थानमा १६ गैंडा मरेका हुन् भने रौतहटमा गोली लागेर र जगतपुरमा सिकारीकै गोलीले दुई गैंडा मरेका हुन् । पछिल्लो गैंडा गणनामा चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै ६०५ गैंडा रहेको तथ्याङ्क छ । एकसिगे गैंडा नेपाल र भारतमा मात्र पाइन्छ ।

 

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics