उपत्यकाभित्रै १ किमि सडक पिच ४ वर्षमा पनि सम्पन्न भएन

फाइल फाेटाे


राजधानीभित्र एक किलोमिटर सडक पिच गर्न कति समय लाग्ला ? एक महिना, दुई महिना, ६ महिना वा बढीमा एक वर्ष ? अनुमानविपरीत कोटेश्वर चोक निस्कने एउटा ग्राभेल सडक भने चार वर्षमा पनि पिच हुन सकेको छैन । यो खबर हामीले विहिवारको अन्नपुर्ण पोस्टबाट लिएका हौँ । अन्नपुर्ण पोस्टमा गोपीकृष्ण ढुंगाना लेख्छन् विवाद सुल्झन नसकेपछि चार वर्षदेखि महादेवस्थान मन्दिरदेखि चोक (पुरानो टंकप्रसाद आचार्यको सालिक) निस्कने एक किलोमिटर सडक पिच हुन नसकेको हो ।

काठमाडौं महानगरपालिका ३२ मा पर्ने उक्त सडक कालोपत्रे गर्ने विषयमा जनप्रतिनिधि निर्वाचित नहुँदासम्म पटक–पटक विवाद भएको थियो । बजेट विनियोजन गरे पनि काम हुन सकेको थिएन ।

नवनिर्वाचित सदस्य हीरादेवी पोखरेलले अन्य विषय मिले पनि तीनवटा विषयमा समझदारी हुन नसक्दा कालोपत्रे हुनबाट सडक वञ्चित भइरहेको जानकारी दिइन् ।

लामो समयदेखि ग्राभेल गरेर पनि कालोपत्रे हुन नसकेपछि विवाद हालै निर्वाचित जनप्रतिनिधिसम्म पुग्यो । जनप्रतिनिधिले काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारी र प्राधिकरणको काठमाडौं जिल्ला आयुक्त दीपक श्रेष्ठलगायत सरोकारवालालाई बुधबार प्राधिकरणको जिल्ला शाखा काठमाडौंको कार्यालयमा बोलाएर सहमति जुटाएका छन् ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics