मनसुन सक्रिय हुँदा देशभर वर्षा



मंगलबार बेलुका देखिनै देशका अधिकांश भुभागमा पानी परिरहेको छ । मनसुन पुर्ण रुपमा देशैभर सक्रिय हुँदा राम्रो वर्षा भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएसँगै पानी पार्ने न्यूनचापीय रेखा नेपाल नजिक आएकाले अझै केहीदिन पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

बुधबार देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्हरुको अनुमान छ । मौसमविद् कँडेलका अनुसार एकै पटक लगातार पानी नपरेपनि छिनछिनमा भने बर्षा भइरन्छ । मौसविदहरुले मध्य र पश्चिम क्षेत्रका एक दुई ठाउँमा ठूलो वर्षा हुने अनुमानसमेत गरेका छन् ।

महाशाखाका अनुसार पछिल्लो समय सबैभन्दा धेरै धनगढीमा ७८ मिलिमिटर वर्षा भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics