न्यूयोर्कदेखि चाथम हाउस हुँदै तुलसीपूरका नेता



नेपालको सामुदायिक वन र सामुदायिक अधिकार स्थापित गर्न अन्तर्राष्ट्रिय नेतृत्व गरिरहेका घनश्याम पाण्डे तुलसीपुर उप महानगरपालिकामा लोकप्रिय मतका साथमा निर्वाचित भएका छन् । पाण्डे सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा चिनिएकै छन् । त्योभन्दा माथी उनी हरित आन्दोलनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेता हुन् ।

करिव तीन दशकदेखि वन र वातावरणको क्षेत्रमा उनी निरन्तर क्रियाशिल छन् । २०३० भदौ ८ गते तुलसीपुर उप महानगरपालिका ८ अश्वारामा जन्मिएका पाण्डेले विगत दश वर्षमा नेपालको वन र वातावरण क्षेत्रको मुद्दा र अधिकारको बहसलाई अन्तर्राष्ट्रिय उचाई दिए ।

नेपालमा भर्खरै विकासका क्रममा रहेको सामुदायिक वन अभियानमा केन्द्रीय सदस्यबाट प्रवेश गरेका पाण्डे अध्यक्ष हुँदा नेपालको सामुदायीक वनले अन्तर्राष्ट्यि उचाइ र महत्व पुष्टी गरिसकेको थियो । उनले राजनीतिक दल तथा नीति निर्मातासम्म पनि वन र वातावरणको मुद्दालाई एउटा जिवन्त मुद्दाका रुपमा उठाइरहे । यसैको निरन्तरता उनले विश्वभरीका सामुदायीक वनको अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गरे र नेपालको सिकाइ संसारभरी बांडे । अहिले पनि उनी सामुदायीक वनको विश्वव्यापी सञ्जालका संयोजक हुन् । वन क्षेत्रको विकासबाटै देशलाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिने उनका योजना र सपना देशभित्र बाहिर बांडिसकेका छन् ।

वनमाथी स्थानीयको अधिकार हुनुपर्ने मुद्दा स्थापित गर्नका लागि विश्वका ५० भन्दा वढि देश पुगिसकेका पाण्डेले न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभादेखि बेलायतको प्रतिष्ठित छलफल केन्द्र चाथम हाउसमा समेत उनले पटक पटक सामुदायीक अधिकार र सामुदायिक सम्पतीको मुद्दा उठाउदै आएका छन् ।

२०६४ सालमा एमालेको प्राकृतिक स्रोत विभागको केन्द्रीय सदस्य समेत भएका पाण्डे अहिले अखिल नेपाल किसान महासंघको केन्द्रीय उपाध्यक्ष समेत छन् । सहकारी तथा गरिवी निवारण विभागको केन्द्रीय सदस्यका रुपमा क्रियाशिल उनी सामुदायिक सञ्चार, शिक्षा, वैक तथा वित्तिय विकास, कृषि तथा वजारीकरण लगायतका क्षेत्रमा लामो समयदेखि क्रियाशिल हुँदै आएका छन् ।

ग्रामिण विकासमा स्नातकोत्तर पाण्डे २०४३ सालमा मावि भ्युडहर सुनपुरमा अध्ययन गर्दा अनेरास्ववियुमा संलग्न भएर राजनीतिमा प्रवेश गरेका हुन् । विभिन्न समयमा सरकारी र नीजि विद्यालयमा करिव ५ वर्ष अध्यापन गराएका पाण्डेले २०५४ सालको स्थानीय निकायको चुनावमा २३ वर्षको कलिलो उमेरमा तुलसीपुर उप महानगरपालिकाको उप मेयरमा निर्वाचित भएका थिए । २० वर्षपछि मेयरमा निर्वाचित पाण्डेले पाँच वर्षभित्र तुलसीपूरलाई विकास, सम्बृद्धि र वातावरणीय दृष्टिकोणले नमूना नगर बनाउने बताएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics