वातावरण पत्रकार खड्कालाई सम्मान

पत्रकार नवीन सिंह खड्का


बीबीसीमा वातावरण संवाददाताको रुपमा कार्यरत पत्रकार नवीन सिंह खड्कालाई सम्मान गरिने भएको छ । आगामी जुलाई २८ तारिख जर्मनीको फ्रयाङ्कफर्टमा आयोजना गरिने समारोहमा उनलाई सम्मान गर्न लागिएको हो । युरोपबाट सञ्चालित अनलाइन पत्रिका नेपालीनेपाली डटकमको तेस्रो वार्षिकोत्सवको अवसर पारेर खड्कालाई यो सम्मान गर्न लागिएको हो ।

बीबीसी विश्वसेवामाखड्का रिपोर्टहरु बीबीसी टेलिभिजन, अनलाइन र रेडियो प्रकाशितरप्रसारित हुने गरेका छन्। खड्काले यसअघि काठमाडौं र लण्डनमा बीबीसी नेपाली सेवाको प्रड्युसरको रुपमा काम गरेका थिए।

उनले खासगरी हिमाली क्षेत्रको वातावरण र जलवायु परिवर्तनबाट त्यहाँका जनजीविकामा परिरहेको असर सम्बन्धी रिपोर्टहरु गर्ने गरेका छन्। गत बीस वर्षदेखि संयुक्त राष्ट्र संघका सबै वातावरणीय विश्व संमेलनहरुमा पुगेर रिपोर्ट गरिसकेका खड्का १५ वर्ष अघि बीबीसीमा प्रवेश गरेका थिए।

बीबीसी अघि उनले आठ वर्षसम्म काठमाडौंका सबैजसो प्रमुख अँग्रेजी अखबारहरु र रेडियो सगरमाथा लगायतका मिडियामा काम गरेका थिए। दक्षिण एसियासम्बन्धी दुईवटा पुस्तकहरुमा उनका लेख प्रकाशित भएका छन्।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics