महानगरले लगायो घरजग्गा कर उठाउन रोक



काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र घरजग्गा कर उठाउन रोक लगाएको छ । महानगरपालिकाले आर्थिक ऐन बनाउँदा त्रुटि भएको भन्दै तत्कालकालागी कर उठाउने काम रोकेको जनाएको छ । महानगरपालिकाले बुधबार परिपत्र जारी गरी तत्कालको लागि कर उठाउन रोक लगाईएको हो ।

महानगरपालिकाका कार्यकारी प्रमुख ईश्वर पौडेलले प्राविधिक रुपमा समस्या आएपछि अर्को व्यवस्था लागू नभएसम्मको लागि घरजग्गा कर उठाउन बन्द गरिएको बताए । उनले नगरपरिषद्बाट पारित आर्थिक ऐनमा उल्लेख भएको घरजग्गा कर सम्बन्धी व्यवस्थामा केही परिवर्तन भएकोले अर्को व्यवस्था नभएसम्म कर उठाउन रोकिएको बताए ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics