भारतकी छोरी नेपालकी बुहारीले सम्हालिन् वातावरण मन्त्रालय



नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री मिथीला चाैधरीले वायू प्रदुषण डरलाग्दो समस्याका रुपमा देखिएको बताउदै यसको नियन्त्रणका लागि विशेष योजना ल्याउने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

पदभार ग्रहण गर्दै चाैधरीले जलवायु परिवर्तनमासमेत विश्वसमुदायसमक्ष नेपालको हितमा वकालत गर्ने बताइन् । उनले नेपालले जलवायु परिवर्तनको असर विना कारण भोग्नु परेकोले यसको क्षतीपूर्ती अन्तर्राष्टिय समुदायबाट गराउनेतर्फ आफ्नो योजना अघि बढ्ने पनि उल्लेख गरेकी छन् ।

को हुन मिथीला ?


मध्यमवर्गीय किसान परिवारमा जन्मिएकी मिथीला भारतको मधुबनी बिहारमा हुर्केकी हुन् । मिथिला विश्वविद्यालय दरभंगा बाट उनले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन पूरा गरेकी छन् ।

मिथिलाले परम्परागत रुपमा मदन मोहन चौधरी सँग सप्तरी राजविराजमा बिवाह गरेकी हुन् । २०४१ सालबाट राजनीतिक यात्रा सुरु गरेकी उनी त्यसपछि निरन्तर राजनीतिक यात्रामा छन् ।

मिथिलाले २०४६ सालको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । उनी बामपन्थी नेता विष्णु बहादुर मानन्धर बाट प्रभावित भई मानन्धरले नै नेतृत्व गरेको पार्टी नकपा संयुक्तमा २०४१ सालबाट आवद्ध भइन् । उनी संसदको महिला बालबालिका तथा समाज कल्याण समितिकोे सदस्यसमेत भइसकेकी छन् ।

नेपाल कम्नयुनिष्ट पार्टी संयुक्तमा रहेर उनी राजनीति यात्रामा संलग्न छन् । उनी मन्त्री पनि सोही दलको प्रतिनिधित्व गर्दै भएकी हुन् ।

मन्त्री हुनुअघि उनी राजविराज नगरपालिमा सर्वदलिय संयन्त्रको सदस्यका रुपमा क्रियाशिल थिइन् ।

२०७० को संविधान सभा निर्वाचनमा नेकपा संयुक्तको तीन वटा समानुपातिक सिटमध्ये उनी एउटा हुन् । उनी नेकपा संयुक्तको पोलिटव्यूरो सदस्य समेत हुन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics