चुरे आसपासबाट बग्ने नदीहरुमा बाढीको उच्च जोखिम

देशैभर पहाडी र उच्च पहाडी भुभागमा निरन्तर पानी परिरहेकाले मुख्य नदीहरु कोसी, बाग्मती, नारायणी, पश्चिम राप्ति, कर्णाली र महाकाली नदीमा बाढीको बहाब भोलीसम्म बढ्दै जाने बाढी पुर्वानुमान महाशाखाले जनाएको छ । यी नदीहरुमा बहाव सतर्कता तह भन्दा तल भएपनि भोली विहानसम्म बढ्दै जाने पुर्वानुमान महाशाखाको छ ।

मुख्य नदीहरुमा बाढीको जोखिम नदेखिएपनि पहाडी र चुरे आसपासबाट बहने नदीहरु बाणगङ्गा, तिनाउ, डुण्डुवा, मोहना, मछेली लगायतका स साना नदीहरुमा बाढी आउने उच्च जोखिम रहेको महाशाखाले जनाएको छ । महाशाखाले बुलेटिन जारी गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

चुरेक्षेत्र र पहाडी भुभागमा जमीन कमजोर हुने भएकाले पहिरोको जोखिम समेत बढी हुने गर्छ । महाशाखाले यस्ता कमजोर भु भागमा बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।



 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics