पहिरोले पुरियो पैरेवेसी, ४ जना बेपत्ता

तस्विर : कान्तिपुर


 

भारी वर्षापछि आइतबार राति पौने ९ बजे आएको पहिरोमा परेर रसुवा उत्तरगयागाउँपालिका वडा नम्बर ४ मा चार जना पुरिएका छन् ।

पुरिएकाहरुमा ७५ वर्षीय धर्मबहादुर थापामगर, उनका ३० वर्षीया बुहारी मुना थापामगर र ४ वर्षीय छोरा रविन र सँगै बस्ने भक्तकुमार नगरकोटी सुतेको अवस्थामा पुरिएका छन् । वेपत्ताको खोजी र उद्धार कार्य भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमिन्द्र न्यौपानेले जानकारी दिए ।

बस्तीमाथिबाट आएको पहिरोले स्थानीयका ११ घर पुरेको जानकारी आएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics