बाढी-पहिरोकाे वितण्डा : देशका २६ जिल्ला प्रभावित



देशका २६ जिल्ला बाढीपहिरोबाट प्रभावित बनेका छन् । हालसम्म बाढीपहिरोबाट मृत्यु हुनेको संख्या कम्तीमा ६४ पुगेको गृह मन्त्रालयले जनाएको छ भने ५० जना भन्दा बढी बेपत्ता भएका छन् ।

सरकारले बाढीपहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारलाई दुई /दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । आइतबार आकस्मिक बैठक बसि यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए ।

गृह मन्त्रालयका अनुसार बाढी र पहिरोका कारण ३४ हजार घर डुबानमा परेका छन् । करिब ४ सय घर क्षतिग्रस्त छन् ।

सरकारले उद्धार, पुनस्स्थापना तथा खाद्यान्नलगायत राहत वितरणका लागि सोमबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका सबै हेलिकप्टर भाडामा लिएर परिचालन गर्ने निर्णय गरेको छ । साथै घाइतेको तत्काल निशुल्क उपचार गर्ने निर्णय पनि भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics