बाढीपहिरो पीडितको उद्धारका लागि डिमानको अपिल



राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल (डिमान)ले बाढीपहिरो पीडितको उद्दार र राहतको अपिल गरेको छ ।

पीडितहरुको राहतका लागि तत्काल सरकारको तर्फबाट देखाएको तत्परता र विभिन्न गैर सरकारी सामाजिक संघ संस्थाहरुबाट भइरहेका सहयोगहरुको प्रारम्भ प्रशंसनिय भए पनि पर्याप्त नभएको भन्दै डिमानले अझ प्रभावकारी वनाउन अपिल गरेको हो ।

डिमानले विज्ञप्ती जारी गर्दै भनेको छ, 'हाम्रा सामु घटेका यी विपतका घटनाहरुमा राहत, उद्धार तथा पुनर्लाभ समेतका विपत् व्यवस्थापनका कार्यका लागि आवश्यक सहयोग जुटाउन आवश्यक छ ।’

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics