पश्चिमका नदीहरूमा बाढीको जोखिम कायमै

 

पानी पर्न कम भए पनि पश्चिम क्षेत्रका केही नदीहरूमा बाढीको जाखिम अझै रहेको छ । मध्य र पश्चिमका भूभागमा मध्यम वर्षा भइरहेकाले अझै बाढीको जोखिम रहेको हो । गत साता बुधवार देखि सक्रिय भएको मनसुनी प्रणालीले भारी वर्षा गराउँदा तराई मधेसमा बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ ।

सोमबारदेखि नै भारी वर्षा रोकिएपनि चुरे आसपासका क्षेत्रमा मध्यम वर्षा भइरहेकोले अझै बाढीको जोखिम बढ्न सक्ने जल तथा मौसम विज्ञान विभाग बाढी पुर्वानुमान शाखाले बताएको छ । शाखाले भोलि (बिहीबार) सम्म पश्चिमका नदीहरूमा बहाव बढ्ने सम्भावना रहेकोले सतर्क हुन आग्रह गरेको छ । शाखाका अनुसार बबई, मेहना, पश्चिम राप्ति र तिनाउ खोलामा बाढीको जोखिम रहेको छ ।

शाखाले यसबाहेक अन्य चुरे आसपासका स साना नदीहरुमासमेत बाढीको जोखिम रहेको जनाएको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाले भने, यो मनसुनी प्रणाली बिस्तारै सुधार हुँदै गएको र अब यही प्रणालीमा भारी वर्षा हुने सम्भावना नरहेको जानकारी दिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics