बाढीले कृषिमा पुर्याएकाे क्षती संकलन गर्न छुट्टै निकाय अावश्यक
- नेचर खबर

संसदको कृषि तथा जलस्रोत समितिले बाढीबाट भएको क्षतिको विवरण निकाल्न र पीडितको उद्दार गर्न छुट्टै निकाय आवश्यक जनाएको छ । बाढीले देशभर पुर्याएको क्षतिको विवरणको जानकारी लिन समितिले बुधबार ऊर्जा, सिँचाइ, कृषि विकास, पशु विकास, भूमिसुधार मन्त्री तथा सचिवहरूलाई बोलाएर छलफल गरेको थियो ।
बाढीले देशका दर्जनौं ठाउँमा ऊर्जा, सिँचाइ, कृषिलगायत क्षेत्रमा अर्बाै रुपैयाँको क्षति पुर्याएको छ । विभिन्न क्षेत्रमा पुगेको क्षति मर्मत तथा पीडितको उद्दार गर्दै पुरानै अवस्थामा फर्काउन सरकारले छुट्टै निकाय गठन गर्नुपर्ने विचार सांसदहरुले प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस