उन्नाइस करोडको माछा बाढीमा बगे
- नेचर खबर

वर्षासँगै आएको बाढीले मोरङका माछापालक किसानको पोखरीमा पसेपछि १९ करोड मूल्यको माछा बगाएको छ । मारोङको रंगेली नगरपालिका क्षेत्रका पोखरीमा कृषकले पालेको माछा पोखरीमा पानी थपिएपछि माछा बगेका हुन ।
रंगेलीका पोखरीबाट १२ करोड मूल्य बराबरको माछा र पोखरीमा क्षति पुगेको छ ।
कटहरी गाउँपालिकामा सञ्चालित परियोजनामा तीन करोड, धनपालथान गाउँपालिकामा दुई करोड ५० लाख र पथरी शनिश्चरे नगरपालिकामा ५० लाख बराबरको माछामा क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस