स्वदेश फर्कियो ‘केटो’



मंगलबार राति चितवन ल्याइएको गैंडा आज(बुधबार) बिहान निकुञ्जमा छोडिएको छ ।

१ सय ५० किलोमिटर टाढा पुगेको डेढ वर्षको बच्चा गैंडा पाँच घन्टाको यात्रा पछि आफ्नो वासस्थानमा आइपुगेको हो । सो गैंडा पाँच दिन पछि चितवन राष्ट्रय निकुञ्जको आफ्नै स्थानमा फकिर्एको हो ।

गैंडालाई बेहोस (डार्ट) बनाएर ट्रकमा राखी नेपाल ल्याइएको हो । उद्धार गरिएको गैंडा मंगलबार दिउसो भारतको बाल्मीकी नगरमा भेटिएको थियो ।

यसअघि नै तीन गैंडा उद्धार गरेर ल्याइसकिएको छ । एउटा भारतको बगाहा र अरू बालमिकीनगरबाट फर्काइएको हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics