भारतको हात्ती कञ्चनपुरमा मर्याे

फाइल फाेटाे


विद्युतीय पासोमा परेर कञ्चनपुरमा एउटा भारतीय जंगली हात्ती मरेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–१० को नमुना सामुदायिक वनमा पासोमा परेर शुक्रवार बिहान जंगली हात्ती मरेको हो ।

करेन्ट लागेर मरेको जंगली भाले हात्ती भारतको दुदुवा नेशनल पार्कबाट आएको अनुमान जिल्ला वन कार्यालय कञ्चनपुरले गरेको छ ।

प्रहरीका अनुसार, शिकारीहरुले मरेको हात्तीको पुच्छर लिएर गएका छन् भने अन्य अंगहरु त्यहीँ छोडिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरको नमुना सामुदिायक वन भारतको दुदुवा नेशनल पार्कसँगै जोडिएको छ । वर्षायामको बेलामा हात्तीहरु नमुना सामुदायिक वनको बाटो हुँदै चुरेतर्फ जाने गरेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics