बाढीले बगाएको ७ गैंडाको उद्धार



बाढीले बगाएर भारत पुगेको अर्को वयस्क पोथी गैंडालाई उद्धार गरिएको छ । नेपाल भारत सिमानाबाट करिब १४ कि.मी टाढा भेडियारी गाँउको उखु बारीबाट बिहीबार उद्धार गरी बेलुका ९ बजे निकुञ्जमा छोडिएको थियो । यो समेत अहिलेसम्म भारतबाट ६ वटा र नेपालबाट एउटा गैंडाको उद्धार गरिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए ।

तीन दिनको प्रयासबाट यो गैंडालाई उद्धार गर्न सफल रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

१७ दिनमा दुईवटा केटो (बच्चा गैंडा) र पाँच वटा पोथी गैंडा उद्धार भइसकेको छ । थप दुईवटा गैंडा भारतमा रहेको शंका गरिएको छ । अर्याले भने, 'गैंडा खोजी कार्य जारी छ ।'

नेपालबाट गत साउन ३१ गते गैंडा उद्धारको लागि टोली भारत पुगेको थियो । उद्धारका लागि वरिष्ठ पशुचिकित्सक डा. कमल गैरेको नेतृत्वमा ४० जना प्रविधिकसहित कर्मचारी खटिएका छन् ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics