खाद्य संस्थानले सुरु गर्याे दशैंका लागि खसी र च्याङ्ग्राको बिक्री
- नेचर खबर
नेपाल खाद्य संस्थानले दशैंका लागि बिहीबारदेखि खसी र च्याङ्ग्राहरुको बिक्री सुरु गरेको छ ।
संस्थानले बिहीबार ५०० च्याङ्ग्रा र २०० खसी भित्र्याएको थियाे ।
संस्थानले मुस्ताङबाट एक हजार च्याङ्ग्रा एवं तुलसीपुर र हेटौंडाबाट १५ सय खसी ल्याउने जनाएको थियो ।
बाँकी १३ सय खसी र ५०० च्याङ्ग्रा पनि शुक्रबार आइपुग्ने संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए ।
संस्थानले खसी र च्याङ्ग्रा बजार मूल्यभन्दा किलोको १० रुपैयाँ बराबरमात्र सस्तोमा बिक्री गर्दैछ ।
छुटसहित संस्थानले यो वर्ष च्याङ्ग्रा किलोको ६७५ मा र खसी ४५५ रुपैयाँमा बिक्री गदैछ ।
संस्थानले बोका पनि १० रुपैयाँ छुटसहित किलोको ४५० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस