तीन दिनपछि हट्यो बिर्तामोडको कर्फ्यु

बिर्तामोडमा तीन दिनदेखि  लगाइएको कर्फ्यु सोमबार हटेको छ । झापाको अर्जुनधारामा ११ वर्षीय बालकको मृत्यु प्रकारणको विषयलाई लिएर निकालिएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि कर्फ्यु हटेको हो । दिउसो तीन बजेदेखि कर्फ्यु हटेकाे  छ ।  बिर्तामोडको मुक्तिचोकलाई केन्द्र मान्दै पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics